लङ्ग आइल्याण्ड नेपाली समाज न्यूयोर्क (LINSNY) को स्थापना सन् २०१० मा लङ्ग आइल्याण्डमा बसोबास गर्ने नेपाली समुदायका सदस्यहरूको साझा पहल र नेपाली समुदायलाई एकताबद्ध गर्ने उद्देश्यले भएको हो।
एक गैरनाफामूलक संस्थाका रूपमा हाम्रो मुख्य उद्देश्य लङ्ग आइल्याण्डमा रहेका नेपाली व्यक्ति तथा परिवारहरूलाई एकताबद्ध गर्दै नेपाली भाषा, संस्कृति, परम्परा र सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै आपसी सहयोग र सामुदायिक सहभागितालाई सुदृढ बनाउनु हो।
जात, क्षेत्र, भाषा, संस्कृति, पुस्ता वा पृष्ठभूमिको विविधतालाई सम्मान गर्दै सबै नेपालीलाई समेट्ने साझा मञ्च निर्माण गर्नु हाम्रो प्राथमिकता हो। सांस्कृतिक कार्यक्रम, सामुदायिक गतिविधि, शैक्षिक पहल तथा सामाजिक सेवामार्फत नेपाली समुदायबीच सम्बन्ध, सहकार्य र एकताको भावना अझ बलियो बनाउने हाम्रो प्रयास रहँदै आएको छ।
एक दशकभन्दा बढी समयदेखि LINSNY ले लङ्ग आइल्याण्ड तथा वरपरका नेपाली समुदायबीच सेतुको भूमिका निर्वाह गर्दै आएको छ। आगामी दिनमा पनि विविधतामा एकता, नेपाली पहिचानको संरक्षण, समुदायको सशक्तीकरण र भावी पुस्ताका लागि अवसर सिर्जना गर्ने हाम्रो प्रतिबद्धता कायम रहनेछ।












.jpg&w=3840&q=75)











