नेपाल डे परेड

2025-05-18

**लिन्स, मे 18, २०२४ **

हार्दिक आभार !
नेपाल डे परेड २०२५ सुसम्पन्न भयो।
यसलाई भव्य र ऐतिहासिक बनाउन अहोरात्र खटिनु भएका NRNA USA New York Chapter का ब. उपाध्यक्षज्यू तथा परेडडे को संयोजक Chhiring Sherpa ज्यू, Convenor Manita Gurung ज्यु Co Convenor ज्युहरुहरु साथै आर्थि समितिका संयोजक Krishna Acharya र बेगम पन्डीत ज्यु र अन्य सबै उप–समितिका सदस्यहरू प्रति हार्दिक धन्यवाद तथा उच्च सम्मान प्रकट गर्न चाहन्छौं।

लँङ आईल्यान्ड नेपाली समाजले पाएको Co Convenor ( अघ्यक्ष राजन गौली) र ट्रकको ब्यबस्थापन कार्यको जिम्मेवारी पूर्ण रुपमा बहन गरिएको कुरा जानकारी गर्न चाहन्छौ। यस परेड डेलाई भब्य सफल बनाउन अहोरात मेहनेत गर्नुहुने कार्यसमितीका पदाधिकारीहरु, सल्लाहकार ज्युहरु समाजका अग्रणी ब्यक्तित्वहरु, नृत्य गर्नुहुने नानु Ayushma Budhathoki र बसको ब्यबस्थापन र सहयोग गर्नुहुनेहरु र आफै ड्राईभ गरि समाजको ब्यानरमा सहभागी हुन पुग्नुहुने सबै सहभागिलाई धेरै धन्यबाद दिन चाहन्छौ।

अन्तमा परेड डे को समन्वय जिम्मेवारी भूमिका निर्बाह गर्नुहुने उपाध्यक्ष ज्युहरु पं. गकुल सापकोटा र ईन्दिरा सिंखडा ज्यूलाई बिशेष धन्यबाद दिन चाहन्छौ। तपाईंहरूको अथक परिश्रम, र कुशल व्यवस्थापन र खटाईको कारण यस वर्षको परेड नेपाली संस्कृति, एकता, र गौरवको अद्वितीय उदाहरण बनेको छ। विश्वको राजधानी जस्तो ठाउंमा नेपाललाई यसरी भव्य रूपमा प्रस्तुत गर्नु हामी सबैका लागि गर्वको विषय हो।

यस वर्षको सफलता र नपुग कुराहरुलाई पनि मनन् गरि आगामी दिनहरूमा अझ प्रेरणादायी बनोस् भन्ने शुभकामनासहित, फेरि एक पटक सम्पूर्ण आयोजक टोलीलाइ र सम्पूर्ण लँङआईल्यान्डबासी समुदायलाई घन्यबाद दिन चाहन्छौ।
लङ्ग आईल्यान्ड नेपाली समाज, न्युयोर्क