नेपाल कन्सुलेट जनरल न्युयोर्कको निमन्त्रणा
2025-06-24
**लिन्स, जून २१, २०२५ **
हार्दिक आभार !
नेपाल कन्सुलेट जनरल न्युयोर्कबाट का.बा.बाणिज्यदुत श्री चक्र सुबेडी ज्युले नबनियुक्त महाबाणिज्यदुत श्री दधिराम भन्डारी ज्युको स्वागत स्वागत तथा हार्दिक शुभकामना र परिचय को लागि हाम्रो संस्थालाई दिनु भएको निमन्त्रणा प्रति हार्दिक धन्याबाद दिन् चाहन्छौ।
लङ आइल्याण्ड नेपाली समाज (LINS)को तर्फबाट हामी नेपाली राजदूतावास, न्यूयोर्कका नवनियुक्त महामहिम महावाणिज्यदूत श्री दधिराम भण्डारीज्यूलाई हार्दिक बधाई तथा हार्दिक स्वागत व्यक्त गर्न चाहन्छौं।
तपाईंको लामो कूटनीतिक अनुभव र दक्ष नेतृत्व क्षमताले न्यूयोर्कस्थित नेपाली समुदायलाई थप सुरक्षित, सशक्त र संगठित बनाउने र सहजरुपमा नेपाल सरकारको सेवा प्राप्त गर्ने कुरामा हामी विश्वस्त छौं। तपाईंको कार्यकालमा नेपाली समुदाय र मातृभूमि नेपालबीचको सम्बन्ध झनै प्रगाढ बन्ने आशा गरेका छौं।
लङ्ग आइल्याण्डमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायको तर्फबाट हामी तपाईंको नेतृत्वमा नेपाली महावाणिज्यदूतावाससँग मिलेर आपसी हितका कार्यक्रम, सांस्कृतिक संरक्षण, युवा सहभागिता र समुदायको समृद्धिका लागि सहकार्य गर्न तत्पर छौं।
तपाईंको कार्यकाल सफल, सार्थक र ऐतिहासिक रहोस् भन्ने शुभकामनाका साथ लङ्ग आईल्यान्ड नेपाली समाज न्युयोर्कले आफ्नो आत्मिय सम्बन्ध र नेपाल सरकारको उपस्थिति घरैमा , समुदाय भित्र , गरिएका कार्यक्रमभित्र अनि हरेक बिपदमा निकट महसुस गर्न पाईयोस भन्ने अपेक्षा राख्दै हजुरको सफल कार्यकालमा सम्बन्धको उचाई उदाहरणीय बनोस् भन्ने शुभेच्छा प्रकट गर्दछौं ।
महामहिम का. बा. श्री चक्र सुवेदी ज्युको उपस्थितिमा हामीले हाम्रो समुदायलाई नेपाल सरकारको निकट राखेर केही काम गर्न सफल भएका छौँ । उहाँ प्रत्यक्ष लङ्ग आईल्यान्डमा आएर सामुदायिक कार्यक्रमको प्रोत्साहन गर्नु भएको छ। समुदायले आफ्नै ठाउमा पासपोर्ट समबन्धि सेवा लिन पाउनु भएको छ।तपाईको कार्यकालमा पासपोर्ट र अन्य कन्सुलेट सेवा अझै सहज भएको कुरा हामी र धेरै सेवाग्राहीले अनुभूतत गरेका छौं।
त्यसैगरी कार्यकाल सकेर कन्सुल बिष्णुकुमारी अघिकारी म्याडम पनि छिटै फर्कदै हुनुहुन्छ उहांले पासपोर्ट सेवामा दिनु भएको सहज र द्रुत सेवा तथा योगदानकोलागि लङ्ग आईल्यान्ड नेपाली समाज न्युयोर्कले सदैव उच्च सम्मान र हार्दिक आभार प्रकट गर्दछौं ।धन्याबाद
लङ्ग आईल्यान्ड नेपाली समाज, न्युयोर्क